Logo

गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा पुनःसञ्चालनमा



काठमाडौँ,२३ असोज । गुल्मीमा गत तीन दिनदेखि अवरुद्ध बनेको विद्युत् सेवा पुनःसञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–९, पुतलीबजारमा रहेको ३३ केभीको तीनवटा ट्रान्सफर्मरमा पहिराले क्षति पु¥याएपछि जिल्लामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रको सहयोग एवं रेसुङ्गा नगरपालिका र स्थानीय प्रशासनको पहलमा गएरातिदेखि विद्युत् पूर्ण रुपमा सञ्चालनमा आएको रेसुङ्गा नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् । पहिराले ट्रान्सफर्मरमा क्षति पुगेपछि गुल्मीको रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इस्मा गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव तथा मालारानी गाउँपालिकामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

लामो समयसम्म विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको थियो । पहिराले नेपाल टेलिकमको अप्टिकल फाइबरसमेत काटिएको कारण सदरमुकाममा धेरैजसो ल्यान्डलाइन टेलिफोन सेवा अझै अवरुद्ध छन् । जिल्लामा विभिन्न स्थानका टेलिकमका टावरहरुमा विद्युत् नहुँदा मोबाइल सेवासमेत अवरुद्ध । रासस



प्रतिक्रिया दिनुहोस्