Logo

रवि लामिछानेले चितवन-२ बाट मनोनयन दर्ता गरे



काठमाडौं, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता गरेका छन् ।

उक्त पार्टीका प्रभावशाली नेता दीपक बोहोराले जनाएअनुसार सभापति रवि लामिछानेको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिका सभापति सिता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका वडा नं ११ सभापति विक्रम श्रेष्ठ रहेका छन् । उनी मनोनयन दर्ता गर्न जाने क्रममा सडकमा उनको पक्षमा नारा तथा जुलुस लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्