Logo

पूर्वमन्त्री सुनिल थापाद्वारा धनकुटाबाट उम्मेदवारी दर्ता



काठमाडौं, २३ असोज । पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालयमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

थापा समर्थकहरुको साथ उम्मेदवारी दर्ताका लागि पुगेका थिए । उनी यसअघि पनि धनकुटाबाट निर्वाचित भएका थिए ।

लामो समय संयुक्तराष्ट्रसंघमा काम गरेको अनुभव रहेका थापा काँग्रेसका पूर्वसहमहामन्त्री हुन् । उनी आपूर्तिमन्त्री भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्