Logo

छोराछोरीलाई टिकट दिलाउने यी नेता



काठमाडौं, २४ असोज । नेपाली राजनीतिमा विरासतको राजनीतिले अझै प्रभाव बनाउन छाडेको छैन । विगतमा कतिपय नेताहरुले आफ्ना सन्तानलाई राजनीतिमा अगाडि बढाए । तर, उनीहरुमध्ये धेरैजसोले सोचेजस्तो राजनीतिक सफलता हासिल गर्न सकेनन् ।

यसपटकको चुनावमा पनि केही नेताहरुले छोराछोरीलाई टिकट दिलाए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराईका लागि ठूलै त्याग देखाए । उनले जसपा छाडेर नयाँ पार्टी गठन गरे । पछि चुनाव नलड्ने घोषणा गरे । बाबुराम पत्नी हिसिला यमीले पनि चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने निर्णय लिइन् । मानुषीले काठमाडौं ७ मा टिकट पाउन सकिन् ।

पूर्वमन्त्री रोमी गौचनले पनि छोरालाई राजनीतिमा बढाएका छन् । उनका छोरा योगेश गौचन मुस्ताङबाट काँग्रेस उम्मेदवार बनेका छन् । गौचन २८ वर्षका भए ।

रौतहटका पूर्वसांसद मोहम्मद अफताव आलम जेलमा छन् । उनको साटो काँग्रेसले फिरदोस आलमलाई उम्मेदवार बनाएको छ ।
नेताहरुले छोराछोरीलाई अगाडि बढाएका छन् । उनीहरुको राजनीतिक फड्को कस्तो हुने हो चुनावले पनि असर गर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्