Logo

मुगुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु



काठमाडौं, २४ असोज । मुगुमा अविरल आएको वर्षा र पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको छ ।

छाँयानाथ रारा नगरपालिका–११ को सालिममा स्थानीय मानबहादुर कुमाईको घर पहिरोले पुरिदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गृहमन्त्रालयले बाढी र पहिरोबाट घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएपनि ठाउँ–ठाँउमा पहिरो गएको कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्