Logo

धादिङ-२ मा उम्मेदवारी दिएका रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल



काठमाडौं, २४ असोज । आगामी मंसिर-४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ धादिङ २ बाट उम्मेदवारी दिएका कांग्रेस नेता रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल देखिएको छ ।

अधिकारी कांग्रेसका पूराना नेता हुन् । जिल्लाको विकासको लागि अहोरात्र खटिने नेताको छवि बनाएका अधिकारी सत्ता गठबन्धनको (लोसपासहित) को साझा उम्मेदवार हुन् ।

जिल्लामा हुने सबैखाले समस्या समाधानको लागि उनको योगदान रहँदै आएको छ । उनको उम्मेदवारीलाई लिएर जिल्लाका सबै दलका विकासवादी नेताहरुले खुशियाली मनाएका छन् ।

तत्कालिन पार्टी सभापतिहरु गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाले पनि अधिकारीलाई धेरै माया गर्दथे । अहिलेका सभापति शेरबहादुर देउवाले पनि अधिकारीलाई नै टिकट दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्