काठमाडौं, २५ असोज । अहिले सत्तागठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा शीर्ष नेताहरुबीच जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भइरहेको उच्च स्रोतले जनाएको छ ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो ।
बैठकमा आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषयमा पनि छलफल गरिने जनाइएको छ ।