काठमाडौं, २५ असोज । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा सुधार हुन सकेन ।
नेप्से परिसुचक १६ दशमलव ६ अंकले घटेर १८५५ दशमलव १६ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव २१ अंकले घटेर ३६५ दशमलव ६३ विन्दुमा रोकिएको हो ।
नेप्सेको अनुसार आज २२९ कम्पनीको ५५ करोड २७ लाख १२ हजार ८८५ रुपैयाँ बराबरको १७ लाख ६७ हजार ६९२ कित्ता शेयर खरिद विक्रि भएको हो ।