Logo

महोत्तरी–३ : स्थापीत दललाई स्वतन्त्रको चूनौती



काठमाडौं, असोज २६ । महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेता हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामबाबु सिंहवीच प्रतिनिधि सभा सदस्यका लागि रोचक प्रतिस्पर्धा हुने भएको छ ।

गठबन्धनको सहयोगमा ठाकुर यसपटक पनि चुनावी मैदानमा छन् । यता एमालेको सहयोगमा जसपा नेता हरिनारायण यावदले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

सो क्षेत्रमा नेकपा एमाले र जसपा कमजोर छन् । लोसपाको संगठन बलियो भएपनि पार्टीभित्रको विद्रोही पक्षको साथ स्वतन्त्र उम्मेदवार रामबावुलाई छ । ०७४ सालको निर्वाचनमा महन्थले यस क्षेत्रबाट चुनाव जितेका थिए ।

पछिल्लो समय ठाकुरले यस क्षेत्रको विकासका लागि कुनै काम नगरेको भन्दै मतदाता रुष्ट छन् । उसो त गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसकै नेताहरुपनि महन्थलाई असहयोग गर्न सक्ने आँकलन गरिएको छ । एमालेको सहयोगमा जसपाबाट हरिनारायण यावदले उम्मेदवारी दिएपनि सो क्षेत्रमा जसपा र एमालेको संगठन कमजोर छ ।

यसअघि एमालेका तर्फबाट प्रनिधिसभाका लागि स्थानीय नेता राम दयाल मण्डलको नाम चर्चामा थियो । तर, अन्तिम समयमा आएर एमालेले जसपासँग तालमेल गरेपछि मण्डलको टिकट खोसियो ।

किटक वितरणमा रुष्ट देखिएको एमाले विद्रोही समुहले स्वतन्त्र उम्मेदवार सिंहलाई मत दिने स्थानीय नेताहरु बताउँछन् । दुवै दलबीच मतविभाजन भएर स्वतन्त्र उम्मेदवार रामबाबु सिंहले बाजी मार्ने सक्ने आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्