Logo

कांग्रेसका बागीले आज एक बजेसम्म उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने



काठमाडौं, असोज २६ । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।

कांग्रेसले एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ ।

विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे(गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय ९असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म० उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्