काठमाडौं, असोज २७ । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् ।
विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।