Logo

सन्दिप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति



काठमाडौं, २७ असोज । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

उता, लामिछानेका कानून व्यवसायीले भने बयान लिने क्रम सकिएकोले अब तीन दिनमात्रै म्याद थप्दा हुने अडान लिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्