Logo

मतपत्र ढुवानी गर्न दुई साता लाग्ने, यस्तो छ ढुवानीको व्यवस्था



काठमाडौं, असोज २८ । निर्वाचन आयोगले आजबाट मतपत्र ढुवानी शुरू गरिएको छ। निर्वाचन आउन ३९ दिन बाँकी हुँदा आयोगले मतपत्र ढुवानी शुरू गरेको हो ।

विहिबार जनक शिक्षामा जनक शिक्षा, निर्वाचन आयोगका अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैठकलगत्तै मतपत्र ढुवानी शुरू गरिएको हो ।

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरेको ४ करोड थान मतपत्र सोही स्थानबाट ढुवानी हुनेछ । जनक शिक्षाले मतपत्र छपाइसँगै प्याकिङ गरेको थियो । प्याकिङ भएका मतपत्र नेपाली सेनाको स्कटिङमा निर्वाचन आयोगका प्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पु¥याउने व्यवस्था गरिएको छ ।

मतपत्र ढुवानी गर्न कम्तीमा पनि दुई साता लाग्ने अनुमान गरिएको छ । आयोगले हिमाली जिल्लाका मनाङ, मुस्ताङ, मुगुलगायतका जिल्लामा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । बाँकी जिल्लामा सेनाको स्कटिङका साथ सवारी साधनले ढुवानी गर्नेछ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्