Logo

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था गम्भीर



काठमाडौं, असोज २८ । तीन हप्ता देखि अस्पतालमा उपचार गराइरहेका शताब्दी पुरूष सत्यमोहन जोशीको अवस्था गम्भीर रहेको छ ।

शरीरमा अक्सिजनको मात्रा घटेपछि बिहीबार पुनः आईसीयूमा राखेर थप उपचार थालिएका जोशीको स्वास्वस्थ्यमा आज झनै गम्भीर समस्या देखिएको उनी उपचाररत किष्ट मेडिकल कलेजले जनाएको छ ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । विहिबार स्वास्थ्य अवस्थामा पुनः समस्या देखिएपछिआईसीयूमा सारिए थियो । शताब्दी पुरूष जोशीलाई डेङ्गी संक्रमण पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस्