Logo

शताब्दी पुरुष जोशीको निधनले प्रचण्ड स्तब्ध



काठमाडौं, ३० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनको खबरले सबै नेपाली स्तब्ध भएको बताएका छन् । जोशीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै दाहालले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

दाहालले जोशीले नेपाली कला, साहित्य र भाषा–संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न गरेको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहेको उल्लेख गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ-

हार्दिक श्रद्धाञ्जली

नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको श्रोत बनेर रहने छ ।

नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु ।

३० असोज, २०७९
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष



प्रतिक्रिया दिनुहोस्