Logo

लोकगायक राजु परियारलाई पितृशोक



चितवन, असोज ३० । लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका थिए । ३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियार पछिल्लो समय फोक्सोको क्यान्सरबाट पीडित थिए । आज बिहान एक्कासि स्वास्थ्यमा समस्या आएपछि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो ।

लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले आफ्नो बुबाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन– ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’ मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी हुन् । दुवै श्रीमतीसँग उनी चितवन बस्दै आएका थिए । राजु मंगलसिंहका जेठो छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस्