काठमाडौं, ३१ असोज । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न 3 in 1 खाताको प्रणाली परिष्कृत (Upgrade) गरेको छ ।
ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै 3 in 1 खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, Demat खाता र Trading खाताका साथै C-ASBA (Centralized Application Supported by Blocked Amount) र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन् । साथै, 3 in 1 Portal को Dashboard मा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट C-ASBA तथा मेरो शेयरको सुबिधा लिन सक्नेछन् ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com मा 3 in 1 account click गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । click मार्फत् शेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा IPO खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको छ ।
सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।