Logo

कार्यताहरुलाई झगडा नगर्न शेखरको सुझाव, देउवासँग आफ्नो मन मिलेको दाबी



काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ–६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले पार्टीभित्र अहिले कुनै विवाद नभएको बताएका छन् । उनले आफू र सभापति शेरबहादुर देउवाबीच कुनै विवाद नरहेको र मिलिसकेको पनि दाबी गरेका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा हिजो (आइतबार) मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । विगतमा पार्टीभित्र भएका तुष, झगडा सबै बिर्सिन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

उनले केन्द्रमा आफू र सभापति देउवाबीच मिलन भएको सुनाउँदै अब वडामा दुई पक्ष बनेर झगडा र विवाद नगर्न सुझाए । पछिल्लो समय आफू र सभापतिबीच निरन्तर भेटवार्ता र सम्वाद हुने गरेको पनि उनले सुनाए । आफ्ना कुराहरु सभापति देउवाले सुन्ने गरेको कोइरालाको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्