Logo

विनोद चौधरीको आक्रामक चुनावी प्रचार, आज बर्दघाट-१ माकर थारुगाँउमा व्यस्त



काठमाडौं, १ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ नवलपरासी पश्चिम–१ बाट उम्मेदवार बनेका विनोद चौधरीले किसानलाई खुशी दिन सकिन्छ भन्ने अठोटका साथ आफू चुनावी मैदानमा खडा भएको बताएका छन् । चुनावी प्रचारप्रसारको क्रममा चौधरीले आज यस्तो उल्लेख गरेका हुन् ।

किसानका अभाव र समस्यालाई सधैंका लागि कसरी समाधान गर्ने भन्ने उद्देश्यका साथ आफू मैदानमा उत्रिएको भन्दै किसानहरुलाई हरेक दिन कसरी खुशी बनाउने भन्ने अठोट पनि बोकेको चौधरीको भनाई छ । उनले फेशबुकमा तस्विर राख्दै लेखेका छन्–

अन्नदाता ..
भगवान जस्तै सम्मानित हुने गर्छन् !
जस्ले साँझ बिहान घरको चुलो पुर्ण गराँउछन उनिहरुलाई
कृषक भनौं या भगवान !
हामी परिरहेको पानीको मज्जा लिईरहदा
कृषक आफ्ना औजार बोकेर खेतबारिमा लम्कन्छन,
हामि चर्को घाम बिच शितलता खोजिरहदा
किसान पसिना चुहाँउदै अन्नबालि भित्र्याउछन,
मौसम हर समय बद्लिने गर्छ,
दिन अनि परिस्थिति पनि बद्लिदैं जाने गर्छ,
हिउँद बाट झरी,
प्रचण्ड गर्मि र हातखुट्टा कमाउने जाडोको पनि प्रवाह नगरि आफ्नो कर्तव्य पालन गर्ने हाम्रा किसानहरुका
दु:ख पिडा , अभाव खोज्न निस्किएको छु !
खोलमा आएको बाढि खेतबारीमा छिर्दै गर्दा त्यो डुबान
कसरि रोक्ने भन्ने उत्तर खोज्न निस्किएको छु !
कसरि बैज्ञानिक प्रणाली द्वारा
आधुनिक कृषिप्रणालि द्वारा उत्पादन बढाउन सकिन्छ र किसान लाई खुशी दिन सकिन्छ भन्ने अठोटका साथ निस्किएको छु !
दुध, दही घ्यू ,
धान गहुँ लगायत सबै अन्नबालि मेरा भान्सा सम्म आएर मेरो भोक मेटाउछ र मलाई भोको रहन दिदैन भने
मेरो नैतिकताले पनि किसानहरुका
दु:ख र अभाव हेरि रहन सक्दैन !
यिनै दु:ख,
अभाव र समस्यालाई सधैका लागि कसरि समाधान गर्ने भन्ने उदेश्यकासाथ
किसानहरुलाई हरेक दिन कसरी खुशी बनाउने भन्ने अठोटका साथ
उहाँ हरुको समस्या र तिनको समाधान खोज्न
बर्दघाट १ माकर थारुगाँउ अन्नदाता आदरणीय कृषक सामु म !


प्रतिक्रिया दिनुहोस्