काठमाडौं, २ कात्तिक । रुपन्देही–२ बाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको रिट द्धय न्यायाधीशको संयुक्त इजलासमा परेको छ ।
गुरुङको रिट न्यायाधीशहरु कुमार रेग्मी र सुस्मलता माथेमाको इजलासमा परेको हो । गुरुङको उम्मेदवारी कायम गर्ने वा नगर्ने सम्बन्धी आजै टुंगो लाग्ने जनाइएको छ। आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवैपक्षलाई बोलाइएको हो ।
गत असोज ३० गते अल्पकालिन अन्तरिम आदेश दिएको अदालतले अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा आज सुनुवाई हुन लागेको हो ।
सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका गुरुङको कर्जा सूचना केन्द्रको कालोसुचीमा रहेको भन्दै निर्वाचन अधिकृत कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेजविरुद्ध गुरुङले गत असोज २७ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।