Logo

प्रचण्डलाई इतिहासमै सबैभन्दा बढी मतान्तरले जिताउन चाहन्छौँ : नारायणकाजी श्रेष्ठ



काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई इतिहासमै सबैभन्दा बढी मतान्तरले जिताउने दाबी गरेका छन् ।

पार्टीको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य नभएको बताएका छन् ।

सम्बोधनको क्रममा उनले भने,‘हामी गोर्खालीहरू उहाँलाई नेपालको चुनावी इतिहासमै सबैभन्दा बढी मतान्तरले जिताउन चाहन्छौँ । यही उद्देश्यका साथ चुनावमा हेलिदैछौं ।’ उनले अध्यक्ष प्रचण्ड चितवन छाडेर गोरखा जानुमा चुनाव हार्ने डर नभएको पनि जिकिर गरे । उनले गोरखा–२ मा प्रचण्डको विजय सुनिश्चित रहेको स्पष्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्