काठमाडौं, ३ कात्तिक । निर्वाचन आयोगले सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्र पठाएको छ ।
रौतहट–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । रौतहटमा भएको एक कार्यक्रममा बोल्दै नेपालले युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको खबर बाहिरीएपछि आयोगले लिखित रुपमा स्पष्टिकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।
‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है’ भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामाग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त सामाग्रीका विषयमा गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परिक्षण गर्दा नीजकै होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आगोगको गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । सोही अनुसार कारबाही प्रक्रिया अघि बढाउन आयोगले प्रहरीलाई पत्र काटेको हो ।