Logo

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो, सिक्काको मुल्य कति ? (फोटोफिचर)



काठमाडौं, ३ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्रि सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट बैंकले धनतेरसलाई लक्षित गरेर आजदेखि सिक्का बिक्रि सुरु गरेको हो ।

१० ग्राम असर्फीको ८२ हजार ९०२ रुपैयाँ, ५ ग्राम असर्फीको ४१ हजार ४५१ रुपैयाँ र साढे २ ग्राम असर्फीको २० हजार ७२६ रुपैयाँ बिक्रि मुल्य तोकिएको छ ।

विभागले लक्ष्मी, गणेश र गजलक्ष्मी मेडालियनको मुल्य १६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, ३० ग्राम ९ सय टचको सार्क सिक्का २ लाख २४ हजार ६० रुपैयाँ र १५ ग्राम ९ सय टचको सार्क सिक्का बिक्रि मुल्य १ लाख १२ हजार ३० रुपैयाँ तोकिएको छ ।

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो लागेको छ । तिहार लक्षित गर्दै विभागले सुन र चाँदीको असर्फी छपाइ गरी विक्रि गर्दै आएको छ ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्