धनुषा, ३ कात्तिक । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।