Logo

माओवादीको चुनावी घोषणापत्रको मस्यौदा प्रचण्डकहाँ पुग्यो, अब फाईनल टच दिने



काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आगामी पाँच वर्षका एजेण्डा समावेश गरेर घोषणापत्र तयार पारेको छ । तर, उक्त तयार घोषणापत्र भने अध्यक्ष पुष्पकमल दाहालले हेरेपछि मात्रै फाईनल हुने भएको छ । दाहालले पनि पदाधिकारीहरुमाँझ छलफल गराएर घोषणापत्रका मस्यौदा परिजमार्जन गरेर अघि बढाउने भएका छन् ।

घोषणापत्रमा लेखनमा सहभागी एक नेताकाअनुसार अब घोषणापत्र छठ पर्वपछिमात्रै सार्वजनिक हुने भएको छ । अहिले अध्यक्ष सत्ता गठबन्धनको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा देश दौडाहमा रहेकाले पदाधिकारी बैठक बस्न नसकेको हो ।

उता, नेकपा (एमाले) ले पनि चाँडै नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रको लागि अध्यक्ष केपी शर्मा ओली गुप्तवासको लागि ललितपुरको लाकुरीभञ्ज्यांगको एक रिसोर्टमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्