Logo

केही व्यक्ति स्वतन्त्रको खोल ओढेर आएका छन्ः रञ्जु दर्शना (भिडिओसहित)



काठमाडौं, ७ कात्तिक । काठमाडौं ५ को स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले आफूहरु दलहरुलाई समाप्त पार्नभन्दा पनि सच्चाउन आएको बताएकी छन् ।

‘हामी दलीय व्यवस्था समाप्त पार्न होइन, दलहरुको विकल्प दिन आएका हौं । दलहरुले आफैं सुध्रिए पुग्छ । अनुशासनमा बसे पुग्छ । म हरेक नागरिकको मनमा शान्ति, मुहारमा कान्ति दिने र गौरव गर्न सक्ने सांसद हुन चाहन्छु,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन् ।

केही व्यक्ति स्वतन्त्रको खोल ओढेर आएको दर्शनाको आरोप छ । उनले थपिन्, ‘अहिले नागरिकका तर्फबाट विद्रोह उर्लिएर आएको छ । जनताले स्वतन्त्रलाई मत हाल्छु भन्ने अवस्था आउनुको कारण नै दलहरुको खराबी हो । हुन त केही व्यक्ति स्वतन्त्रको खोल ओढेर आएका छन् । तिनलाई विद्रोही किन भन्ने ?’

उनले आफू २०७८ पुसमा विवेकशील साझा पार्टी परित्याग गरेको पनि बताइन् । दर्शनाले मानसिक स्वास्थ्यको समयसापेक्ष नीति, शुद्ध खानेपानी, वातावरणीय स्वच्छता, सुशासन आदि मुद्दा उठाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्