Logo

चुनावी युद्धमा होमिन नेता/कार्यकर्तालाई महेश बस्नेतको निर्देशन, देउवाले ओलीसँग बहस गर्न नसक्ने दाबी



काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा आगामी निर्वाचनमा भक्तपुर–२ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग बहस तथा पैरवी गर्न नसक्ने टिप्पणी गरेका छन् । उनले आफ्नो अध्यक्ष ओलीसँग बहस गर्ने हैसियत देउवासँग नभएको दाबी गरेका छन् ।

उनले भने,हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ। गठबन्धनले सार्न सकेको छैन। ओलीले जनतासँग सिधैं जोडिन टेलिफोेन गर्नुभयो। ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन्। ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन्। उनको त्यो हैसियत र दृष्टिकोण छैन।’

नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्तालाई चुनावी युद्धमा होमिन निर्देशन दिएका छन्। आज (मंगलबार) भक्तपुरमा एमाले भक्तपुर क्षेत्र नं २ प्रदेश (क) निर्वाचन परिचालन कमिटीद्वारा आयोजित शुभदीपावली, न्हूदँ ११४३ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले भने,‘चुनावलाई युद्धका रुपमा लिएर मैदानमा होमिन हामी तयार भइसकेको छौँ। घरघरमा पुगेर जनताको समस्या आलोचना सबै सुन्नुपर्छ।’ उनले देश बनाउने र विकास गर्ने भीजन आफ्नो पार्टीका अध्यक्ष ओलीसँगमात्रै भएको पनि दाबी गरे ।

https://www.facebook.com/MaMaheshBasnet/videos/626946749175723

 



प्रतिक्रिया दिनुहोस्