Logo

ओनसरी घर्तीलाई ऋषि धमलाको प्रश्न : तपाईँले चुनाव जित्ने आधार के हो ? (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेतृ, पूर्व सभामुख एवम् प्रतिनिधिसभाको लागि काठमाडौं–२ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीमगरले आफू योग्य महिला भएको उल्लेख गर्दै महिलाहरुको पहुँच र प्रतिनिधित्वको लागि आफ्नो उम्मेदवारी भएको बताएकी छिन् ।

उनले भनिन्,‘महिलाको प्रोत्साहनको लागि मैले उम्मेदवारी दिएकी छु । अहिले देशले नै एउटा परिवर्तनको दिशा समात्नुपर्ने आवश्यक छ । त्यो भनेको एक पटक महिलालाई पनि हेरौं न, महिलाले चाहीँ देश चलाएको हेरौं न भन्ने मानसिकतामा काठमाडौंका जनता देखिनुभएको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले संसद्मा पुगेर जनताको लागि समान कानून बनाउनमा योगदान पुर्याउने विश्वास दिलाईन् । उनले आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि पनि सशक्त भूमिका खेल्ने स्पष्ट पारिन् ।

उनले नेपालका महिला नेतृहरु पनि देशको नेतृत्व गर्न सक्षम रहेको बताईन् । उनले नेपालमा महिला र पुरुष दुवै मिलेर नै देश बनाउन सकिने भन्दै एकपटक महिलालाई पनि देशको नेतृत्व गर्न दिनुपर्नेमा जोड दिईन् ।



प्रतिक्रिया दिनुहोस्