काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पुर्बाधार निर्माणमा समेत बताएका छन् । आज चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाटको क्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् ।
भौतिक पुर्बाधार निर्वाचनको क्षेत्रमा, आफु भन्दा अघिका जनप्रतिनीधिले भन्दा आफुले धेरै काम गरेको बताए । काठमाडौं क्षेत्र नं १ का उम्मेदवार समेत रहेका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठुला–ठुला पदमा पुगे पनि विकासको काममा ठुलो कार्य गर्न नसकेको बताएका छन् ।
बहुदल पछि यस क्षेत्रमा कांग्रेसले २०६४ साल सम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाए पछि भने यस क्षेत्रमा विकासको कार्य अगाडि बढेको भन्दै पुर्णता दिन अझै बाँकि रहेको उनले बताएका हुन् ।
अझै पनि विकाशका कामलाई अगाडि बडाउन उचित कानुनहरु बनि नसेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पुर्बाधार विकासका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाइ छ ।
नेता सिंहले एउटा जन प्रतिनिधिको रुपमा आफु सधै जनताले बोलाउदा जनता समक्ष हाजिर भएको स्पष्ट पारे । जनतालाई दुख पर्दा आफुले सक्दो मद्धत गर्ने गरेको उल्लेख गर्दै यस पटक पनि जनताले आफुलाई विश्वाश गर्नेमा आशावादी रहेको बताए ।