Logo

गण्डकी एमालेको प्रतिवद्धता पत्र : पर्यटकिय क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गरिने देखि स्थानीय सडकको दुरी घटाउनेसम्म



काठमाडौं, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । गण्डकी एमालेले आइतबार आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहितको एमालेले प्रतिवद्धता पत्रमा प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दुरी घटाउन सकिने खण्डमा छोटा दुरीका सुरुङमार्ग निर्माण गरिने उल्लेख छ ।

त्यस्तै, अन्नपुर्ण र मनास्लु संरक्षण क्षेत्रबाट प्राप्त हुने पर्यटन राजस्वको २५ प्रतिशत सम्बन्धित पालिकाहरुलाई र २५ प्रतिशत प्रदेश सरकारलाई प्राप्त हुने व्यवस्था गरिने जनाइएको छ ।

प्रदेशका सबै मुख्य पर्यटकीय गन्तब्यमा र होमस्टे भएका गाउँहरुमा पुग्न पुर्वाधारहरुको विकास गर्नेे प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
लमजुङको घलेगाउँ र राइनास, गोरखाको भच्चेक–सिरानडाँडा, तनह्ँुको बन्दिपुर र मान्हुकोट, कास्कीको अस्ताम–धम्पुस, बेनासकोट,भीरकोट,स्याक्लुङकोटलगायतलाई प्रदेशका हिल स्टेशनको रुपमा विकास गरिने पनि एमालेको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्