एजेन्सी, १३ कात्तिक । बलिउड अभिनेत्री आलिया भट्ट छिट्टै आमा बन्न लागेकी छिन् । आमा बन्नकै लागि उनी लामो समयदेखि बिदामा छिन् । आलियाले आफ्नो प्रसवका लागि मुम्बईको एचएन रिलायन्स अस्पताल बुक गरिसकेकी छिन् । दम्पतीका फ्यान र नजिकका व्यक्तिहरू आफ्नो बच्चाको आगमनको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन् । यसैबीच, हालसालै आलियाको बच्चाको जन्म मिति उनकी काकी शाहिनको जन्मदिनको वरिपरि हुने खबर आएको छ ।
इटाइम्सकोे रिपोर्ट अनुसार आलियाको बच्चा नोभेम्बर २० र ३० को बीचमा जन्मिन सक्छ। यति मात्र होइन, डेलिभरीको मिति आलियाकी काकी शाहीन भट्टको जन्मदिनको वरपर हुनसक्ने बताइएको छ । नोभेम्बर २८ मा शाहिनको जन्मदिन परेको छ भने नोभेम्बरको अन्तिम दिनमा आलियाको डिलिवरी हुने सम्भावना छ । यस्तो अवस्थामा आलियाको डिलिवरी २८ मा हुन्छ भने काकी र छोराको जन्मदिन एकै दिन हुनेछ ।
५ अक्टोबरमा आलिया भट्टको बेबी शावर समारोह उनको बान्द्राको घरमा भएको थियो । यस समारोहमा धेरै बी–टाउन सेलिब्रेटीहरू उपस्थित थिए। समारोहमा, भट्ट र कपूर परिवार दम्पती र तिनीहरूको बच्चालाई आशीर्वाद दिन आइपुगे। आलियाले आफ्नो बेबी शावरका धेरै तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
जुन २७ मा आलियाले गर्भवती भएको घोषणा गरिन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्,‘हाम्रो बच्चा छिट्टै आउँदैछ ।’ तस्बिरमा उनले अल्ट्रासाउन्ड गराएकी थिइन्, जसमा पति रणवीर पनि उनीसँगै देखिएका थिए । यो खबर आउनेबित्तिकै उनको उद्योगका साथीदेखि फ्यानसम्म सबैले उनलाई बधाई दिएका छन् ।
रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । सन् २०१७ मा फिल्म ब्रह्मास्त्रको सेटमा भेटिएपछि दुवैले एकअर्कालाई डेट गर्न थालेका थिए । उनीहरुले ५ वर्ष डेटिङपछि विवाह गरेका हुन् ।
रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र नोभेम्बर ४ मा ओटीटी स्ट्रिम गर्न तयार छ। हालै आलियाले सामाजिक सञ्जालमा भिडियोमार्फत यसबारे सबैलाई जानकारी गराएकी छिन् ।