Logo

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, डिस्चार्जपछि घरमै आराम



काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा १५ दिनको बसाई सीता दाहाललाई डिस्चार्ज भएर घरमा लगिएको छ ।

दाहालकी छोरी गंगाले फेशबुकमार्फत आमा सीताको स्वास्थ्यमा सुधार आएको जनाएकी हुन् । उनले लेखेकी छिन्-“आज १५ दिनको हस्पिटल बसाई पछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशीर्वादले ममिको स्वास्थ्यमा सुधार आई आज फेरि डिस्चार्ज गरि घर ल्याईएको छ । संपुर्ण शुभेच्छुकहरुमा आभार सहित धेरै-धेरै धन्यवाद ।” file photo



प्रतिक्रिया दिनुहोस्