Logo

‘नो, नट अगेन’ क्याम्पियन चलाउनेमाथि कारवाही नगर्न सर्वोच्चमा रिट



काठमाडौं, १५ कात्तिक । निर्वाचन आयोगले ‘नो, नट अगेन’ अभियान चलाउने अभियन्ताहरुलाई कारबाही गर्ने निर्देशनविरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएको छ । आयोगविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार रिट दायर गरेका हुन् ।

अधिवक्ता त्रिपाठीले उक्त विषयलाई लिएर धरपकड एवं मुद्दा नचलाउन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

आयोगले दलका शीर्ष नेताहरुको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्