Logo

विनोद चौधरीको घरदैलो, नवलपरासीमा विकासको खुलाउने प्रतिबद्धता



काठमाडौं, १५ कार्तिक । नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले अब जिल्लाको विकासको बाटो खुलेको बताएका छन् । आफ्नो उम्मेदवारीले जिल्लावासीमा खुशियाली छाएको भन्दै उनले जिल्लाको विकास गरेरै छाड्ने अठोट लिएका छन् ।

चौधरीले आफू पूर्णकालिन रुपमा राजनीतिमा होमिएको बताउने गरेका छन् । आजसम्म सो क्षेत्रबाट जितेर गएकाहरुले जिल्लाको विकासको लागि उल्लेखनीय काम नगरेको उनको गुनासो छ । चुनावी घरदैलोको क्रममा उनले भन्ने गरेका छन्–‘निरन्तर गुनासो, साथ, सहयोग र समर्थनको पाटो, खुल्दैछ अब नवलपरासीमा विकासको बाटो ।’ आज भने उनी भुपु सैनिक संघ, जिल्ला कार्यसमिति भुताहा नवलपरासीद्वारा आयोजित मतदाता भेटघाट कार्यक्रममा सरिक भएका छन् ।

उनले आम नागरिकको एउटै गुनासो भनेको नवलपरासीमा विकास भएन भन्ने रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘म उहाँहरूको घरघरमा गएर नागरिकका आवाज सुन्ने अभियानमा छु । र, अब नवलपरासीलाई विकासको तीब्र गतिमा अगाडी बढाइनेछ भन्नेमा ढुक्क हुन आग्रह गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्