Logo

रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन कुनै कसर बाँकी नराख्ने शंकर भण्डारीको घोषणा (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म तीनपटक केन्द्रीय सदस्य भएको मान्छे हुँ । त्यो पनि निर्वाचनको प्रणालीबाट आएको हुँ । तनहुँको विकासको लागि अझै बढि प्रभावकारी भूमिका खेल्नको लागि तनहुँले नेतृत्व खोजिरहेको छ ।’

उनले तनहुँबाट पनि देशको प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे । उनले भने,‘यो त जिल्लाको आवश्यकत्ता भयो ।’ उनले आफूले भने पाएको भूमिका र जिम्मेवारी सही तवरले निर्वाह गर्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्