Logo

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभाँश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं,१७ कात्तिक । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभाँश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ ।

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभाँश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । योजनाका लाभाँश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुने छ ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि बिक्रि खुला गरेको छ ।



प्रतिक्रिया दिनुहोस्