Logo

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार



काठमाडौं, १७ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ ।

खानलाई गोली लागेको कुरा पाकिस्तान तहरीक–ए–इंसाफ़का महासचिव असद उमरले जनाएअनुसार गोलाबारीको घट्नामा खानको खुट्टामा गोली लागेको छ ।

अहिले उनलाई उपचारको लागि लाहोर लगिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्