Logo

वीरेन्द्र महतोको उम्मेदवारीले युवादेखि पाकासम्ममा खुशियाली, घरदैलोमा जनलहर



काठमाडौं, १७ कार्तिक । प्रतिष्ठित व्यवसायी डा. वीरेन्द्र प्रसाद महतोले सिरहा ४ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएपछि सो क्षेत्रका जनतामा व्यापक खुशियाली छाएको छ । व्यापार व्यवसायमा सफलताको शिखर चुमिसकेका महतोले जनताको मन जितेर सेवामा सहभागी हुने उद्देश्यसहित आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।

उनी जनता समाजवादी पार्टीका प्रभावशाली नेता हुन् । यसपटकको निर्वाचनमा जसपा र एमालेबीच सहकार्य छ । कर्जन्हा स्थायी घर भएका महतो विगत लामो समयदेखि सो क्षेत्रको समग्र विकासमा प्रत्यक्ष संलग्न छन् । उनकै सोचको आधारमा आमाको नाममा रहेको सामाजिक संस्था फूलकुमारी महतो मेमोयिरल ट्रष्टमार्फत सो क्षेत्रमा आमाकै नाममा गुणस्तरीय कलेज र सुविधासम्पन्न अस्पताल सञ्चालनमा छन् ।

महतोले यसअघि सो क्षेत्रबाट विजयी भएर गएका जनप्रतिनिधिले सो क्षेत्रको विकासको लागि योगदान नगरेको भन्दै आफू सच्चा मनले सो क्षेत्रको विकास गर्नेगरि चुनावी मैदानमा खडा भएको बताउने गरेका छन् । महतो रसिया, बेलारुस, साईप्रसलगायत युरोपियन देशमा सफल व्यवसाय गरेर उनी देश र जनताको सेवा गर्नेगरि स्वदेश फर्किएका हुन् । अर्थशास्त्रमा विद्यावारिधी महतो यतिवेला चुनावी घरदैलोमा व्यस्त छन् ।

उनी यतिवेला अरु नेताहरुजस्तो सस्तो नारा सुनाउनेभन्दापनि गर्नसकिने कुराहरु जनतामाँझ प्रतिबद्धता गर्नमा व्यस्त छन् । सो क्षेत्रमा रोजगारी सिर्जना गर्ने र युवाहरुलाई देशमै राख्नेगरि आफूले कदम चाल्ने उनको सोच छ । उनले आफूसँग सो क्षेत्रको विकास र समृद्धिबाहेक अर्को कनै भोक नरहेको पनि बताउने गरेका छन् । पाकाहरुको आर्शिवाद र युवाहरुको साथ पाएकोले आफू भारी मतले विजयी हुनो उनी आशावादी छन् ।

 



प्रतिक्रिया दिनुहोस्