Logo

भटमास र पाम तेलको भर



काठमाडौं, कात्तिक १८ । विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको निर्यात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ७१ प्रतिशत कम हो । आव २०७८र७९ को पहिलो तीन महिनामा ६५ अर्ब ५२ करोड आठ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षको असोजसम्ममा चार खर्ब ९९ करोड ८३ लाख रुपियाँको आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपियाँको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १६ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको साउनसम्ममा आयात १२ प्रतिशत र निर्यात २९ प्रतिशत तथा भदौमा आयात १३ प्रतिशत र निर्यात ३५ प्रतिशतले गिरावट आएको थियो ।

विदेशी विनिमय सञ्चितिका कारण सरकारले लिएको आयात नियन्त्रणको नीतिका कारण आयातको परिमाण घटे पनि निर्यात पनि घट्नुले चिन्ता थपेको छ । कोरोना सङ्क्रमण, रुस–युक्रेन युद्धलगायतका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण पनि नेपालको निर्यात प्रभावित भएको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्