काठमाडौं, १८ कार्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई समर्थन गरेका छन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।
आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै पासवानले आफ्नो समर्थन कोइरालालाई रहेको बताएका हुन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको पनि बताएका छन् ।