Logo

पत्रकार सम्मेलन गर्न खोज्दा निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो



काठमाडौं, १८ कात्तिक । कुमारी आमा निहारिका सिंह राजपुतलाई आज प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पत्रकार सम्मेलन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरोपी शिवराज श्रेष्ठ र आफ्नो छोरोको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै पत्रकार सम्मेलनका लागि बालुवाटार पुगेकी उनलाई प्रहरीले रोकेको हो । प्रहरीले निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न नपाइने भएकोले रोकेको जनाएको छ । निहारिकाले आफूलाई अंश र नाता नचाहिएको तर आरोपीलाई बलात्कारको मुद्दामा कारबाही गर्नुपर्ने माग राखेकी छिन् ।

उनको बच्चाको डिएनए आरोपी श्रेष्ठसँग ९९.९९९ प्रतिशतले मिलेको रिपोर्ट सार्वजनिक भएको जनाइएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्