Logo

बागलुङमा चित्रबहादुर र देवेन्द्रलाई सूर्य र मन्जु चुनौती



बागलुङ, कात्तिक २० । राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्कोलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले आफ्नै बाटोमा हिँडिरहेका छन्। यस्तो अवस्थाको सिर्जना यो निर्वाचनले गरिदिएको छ। त्यसैको अर्को एउटा दृष्टान्त हो बागलुङ।

यो क्षेत्रबाट २०५६, २०६४ र २०७० मा सांसद् जितेका तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीसँग आफैले सहकार्य गरेर जिताएका सूर्यप्रसाद पाठक अहिले प्रतिद्वन्द्वी बनेका छन्। तर बागलुङमा कांग्रेससँग जनमोर्चाको दसकौं द्वन्द्व चर्को थियो। सामान्तवादलाई परास्त गर्ने भन्दै संघर्ष र काटमार गरिरहे पनि अहिले अपत्यारिलो लाग्नेगरी यी दुई शक्तिबीचको सम्बन्ध गाढा छ। उही पार्टीको संघर्षबाट सताइएकाहरू एकले आर्कोलाई मतदान नै गर्न तयार छन्। चित्र बहादुरलाई भोट माग्नै कांग्रेसका कार्यकर्ता घरदैलोमा देखिन्छन्।

पाठक र केसीको सम्बन्ध ०७४ सालतिर अझ गाढा बनेको हो। पाठकले पार्टीसँगको सहकार्यमा केसीलाई उम्मेदवार बनाउने प्रस्ताव लिएर गए। तर केसी त्यस बेला दुर्घटनामा परेकाले स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारको रूपमा खटिन नसक्ने भन्दै पाठकको प्रस्ताव स्वीकार गरेनन्। पाठकलाई नै उठ्न आग्रह गर्दै आफूले जिताउने विश्वास दिलाए।

अहिले पाठक र केशी एक आर्कोमा हराउन सबै शक्ति खर्च गरिरहेका छन्। ८२ वर्षीय केसी मतदातासम्म युवा जोश र जाँगरका साथ पहाडका गाउँ, भीर कन्दरा र गौडा छिचोल्दै पुगिरहेका छन्। यो उमेरमा पनि मतदातासमेत कुनै उम्मेदवारमा नदेखिएको सक्रियता देखेर चकित बनिरहेका छन्।

सांसद् पद आफैंलाई आवश्यक नभएको र राजनीतिले गलत बाटो समातेकोले सही दिशामा ल्याउनका साथै लोकतन्त्र र प्रजातन्त्र जोगाउन उम्मेदवार बनेको केसीले बताए। पछि परेको यो क्षेत्रको विकासलाई गति दिन गठबन्धन गरेर चुनावमा मतदातामाझ यसरी हिँडिरहेको उनले सुनाए।

चित्र बहादुरको साथ र सहयोगमा निर्वाचन जितेका पाठक भने केसीलाई सधै संसद्मा एउटै गित गाउने र गठबन्धन गरेर व्यक्तिगत स्वार्थका लागि सांसद् लिन यो उमेरमा पनि सक्रियता देखाएको आरोप लगाउँछन्। केसी भने जनमत पाएका केपी ओली जनताको छोरा भएर प्रतिगमन गरेको त्यस विरुद्ध लोकतन्त्र प्रजातन्त्र जोगाउन मोर्चा बन्दी गरेको बताउँछन्। हिँजो पनि राजाको प्रतिगमन र पञ्चायत व्यवस्थाविरुद्धको संघर्षमा कांग्रेससँग मोर्चामा उभिएको र अरूकै आग्रहमा सांसद् पदमा भिडिरहेको दाबी उनी गर्दछन्।

जिल्लामा जम्मा ३६ जना उम्मेदवार मैदानमा देखिएका छन्। उनीहरू आफ्नै रणनीतिका साथ विजय निकाल्न प्रतिस्पर्धा गर्दैछन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्