Logo

होलेरीबाट वर्षमान पुनको उद्घोष : गठबन्धनले दुई तिहाई जित्छ, एमालेले प्रत्यक्षमा २० सिटमात्रै जित्छ (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आगामी निर्वाचनमा गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आज (आइतबार) विहान प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कुराकानीको क्रममा पत्रकार धमलाले गठबन्धनले बहुमत ल्याउँछ त ? भनेर सोधेको प्रश्नमा उनले भने–‘गठबन्धनले बहुमतमात्रै होईन, दुई तिहाई बहुमत ल्याउँछ । यो लेखेर राख्नुहोस । म तपाईँलाई हिसाब टिपाउँछु, कांग्रेसले ७० देखि ६५ सिटमा प्रत्यक्षमा जित्दैछ । यो तीन करोड नेपाली जनताले लाइभ हेरेका छन्, लाइभमात्रै होईन टिपेर पनि राख्नुहोस भन्दैछु । अर्को माओवादीले कम्तिमा ३५ सिट जित्दैछ । अनि समाजवादीले कम्तिमा पनि १० सिट जित्दैछ । लोसपाले ५ सिट ल्याउला । जनमोर्चाले त दुई सिट नै जित्छ ।’

पुनले नेपाली कांग्रेसले समानुपातिकमा ४० भन्दा बढि सिट ल्याउने पनि दाबी गरे । उनले भने,‘माओवादीले समानुपातिकमा २० सिट ल्याउँछ । ८ देखि १० सिट समाजवादीले पनि ल्याउँछ ।’ उनले माओवादीले प्रत्यक्ष र समानुपातिक गरेर कम्तिमा पनि ५५ सिट जित्ने ठोकुवा गरे । उनले आफूले डाटाअनुसार नै बोलेको सुनाए । एमालेले भने प्रत्यक्षमा २० सिटमात्रै जित्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्