Logo

विप्लवसहित तीन पार्टीले गरे चुनाव बहिस्कार आन्दोलनको घोषणा



काठमाडौं, २० कात्तिक । तीन कम्युनिष्ट क्रान्तिकारी पार्टीहरुले मंसिरमा हुने निर्वाचन बहिस्कार गर्न आन्दोलनको घोषणा गरेका छन् । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कात्तिक २४ गतेदेखि चुनाव बहिस्कार आन्दोलनको सुरुवात गर्ने जानकारी दिइएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई शसक्त रुपमा बहिस्कार गर्न खारेजीको आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले चुनाव बहिस्कार आन्दोलनमा सहभागीता जनाउन सार्वजनिक अपिल समेत गरेका छन् । तीन पार्टीले कामठाडौंमा २४ गते, बुटबल र इटहरीमा २६ गते, बर्दिबास र पोखरामा २८, सुर्खेत र धनगढीमा ३० गते राजनीतिक सभा गर्ने भएका छन् ।

त्यस्तै, कात्तिक २६ देखि ३० गतेसम्म तीन पार्टीले विरोध प्रदर्शन र कोणसभाको आयोजना गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्