ओखलढुङ्गा, २० कात्तिक । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका–८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।