Logo

जनमत पार्टीको आक्रामक चुनावी प्रचार, सिके राउतले भोलि धनुषाको धनौजीको सभामा सम्बोधन गर्ने



काठमाडौं, २० कार्तिक । जनमत पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि व्यापक चुनावी प्रचार थालेको छ । आफ्ना उम्मेदवार जिताउनको लागि अध्यक्ष डा. सिके राउत नै फिल्डमा खटिएका छन् ।

सो पार्टीले भोलि (सोमबार) धनुषाको धनौजी गाउँपालिका बहुअर्बा बजारमा बृहत्त चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जनमतमा प्रवेश गर्नेहरुलाई स्वागत गरिने धनुषा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार डा. प्रसन्नकुमार झाले जानकारी दिए ।

राउतले सोही क्षेत्रमा एकैदिन दुई सभालाई सम्बोधन गर्ने भएका छन् । विहान ८ बजे धनौजीमा र विहानै १० बजे रौवा बजार बैरियामा राउतको सम्बोधन छ । सो क्षेत्रमा जनमतको पक्षमा राम्रो माहोल देखिएको छ । चिकित्सा पेशाबाट राजनीतिमा हाम फालेका डा. झाको कारणपनि अहिले सो क्षेत्रमा चुनावी सरमर्गी बढेको छ ।

झाको चुनावी एजेण्डाले युवादेखि बयोबृद्धसम्ममा खुशियाली छाएको छ । झाले आफूले सो क्षेत्रको समग्र विकासको लागि योगदान पुर्याउने र खासगरी शिक्षा तथा स्वास्थ्यमा आमूल परिवर्तन गर्ने वचनबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्