Logo

विनय रावलले भ्रष्टाचारीहरुलाई छानी छानी बुलडोजर लगाउने, भोलि बृहत्त आमसभा



काठमाडौं, २१ कार्तिक । राप्रपाका युवा नेता तथा बर्दिया–२ बाट प्रतिनिधिसभाका उम्मेदवार विनय रावलले राजनीतिक संरक्षणमा अपराध गरिरहेकाहरुलई आफूले बुलडोजर लगाउने घोषणा गरेका छन् । भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाएसम्म देशको विकास नहुने उनको ठम्याई छ । आफूले भ्रष्ट र भ्रष्टाचारीहरुलाई एक एक गरी खोजेर बुलडोजर लगाउने रावलको घोषणा छ । उनको चुनावी प्रचारमा युवादेखि बयोबृद्धसम्म सक्रियताका साथ खटिएका छन् ।

बर्दियाको विकासको लागि विगत एक दशकदेखि सक्रिय रुपमा योगदान दिँदै आएका रावलको उम्मेदवारीले सो क्षेत्रका जनतामा व्यापक खुशियाली छाएको छ । रावलले बर्दियाको समग्र विकासमा आफ्नो क्षेत्रबाट पुर्याएको योगदानकै कारण राप्रपाको नेतृत्वले उनलाई सो क्षेत्रबाट उम्मेदवार बनाएको हो । बर्दियामा आयोजित पार्टीका पछिल्लो आमसभामा पनि जनताको व्यापक सहभागिता देखिएको छ ।

रावलको चुनावी माहोल राम्रो देखेपछि ठूला दलका उम्मेदवारहरु निराश हुन थालेको स्थानीयहरुको टिप्पणी छ । भोलि (मंगलबार) मधुवन नगरपालिका वडा नम्बर ८ को कुशुमबजारमा बृहत्त आमसभा र पार्टी प्रवेश कार्यक्रम राखिएको छ । उक्त आमसभामा राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबरा र पूर्व गभर्नर डा. तिलक रावलले सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्