काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार विनोद चौधरीलाई विजय गराउन आह्वान गरेका छन्। यसअघि विक्रम समूहले चौधरीलाई सहयोग नगर्ने आशंका रहेको थियो।
सोमबार नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले चौधरीलाई विजय गराउन आह्वान गरेका हुन्। पार्टीभित्रको समस्या समाधान भइसकेको जनाउँदै उनले कांग्रेसको जित सुनिश्चित गर्न पनि अनुरोध गरे । खनालले खुलेरै चौधरीलाई जिताउन आह्वान गरेका छन् ।
े
चौधरी पार्टीको उम्मेदवार भएकाले पार्टीको उम्मेदवारलाई विजय गराउनु हाम्रो कर्तव्य रहेको बताउदै उनले यसपटक पार्टीलाई विजयी गराउनसमेत उनले आग्रह गरे ।