Logo

कांग्रेस बाग्मती प्रदेशको चुनावी गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेस बाग्मती प्रदेशले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ ।

सोमबार अनामनगरस्थित सिलौटौ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका उपसभापति चन्द्र महर्जनले ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’’ बोलको चुनावी गीत सार्वजनिक गरेका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी बनाइएको उक्त गीतमा लोकराज अधिकारीको शब्द र गोबिन्द मधुर आचार्यको संगीत रहेको छ । चुनावी गीतमा चर्चित गायक गायिकाहरु नरहरी प्रेमी, राधिका हमाल र धनकुमारी थापा ‘सरु’को आवाज रहेको छ ।

भिडियो हेरौं :

 

कांग्रेस जिताउने चुनाव लक्षित गीतको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् भने निर्देशन प्रकाश धितालको रहेको छ । गीत वेभ डिजिटलबाट सार्वजनिक गरिएको हो । भिडियोमा लोकराज अधिकारी, राधिका हमाल, सरु थापा, काजिस र जुनाको अभिनय रहेको छ ।

कार्यक्रममा कांग्रेस बाग्मती प्रदेशका प्रवक्ता तिलक रुवाली, निर्वाचन प्रचारप्रसार समितिका सचिव रामेश्वर ढकाल, बाग्मती प्रदेश कार्यालयका सचिव अनिल सिटौलालगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्