Logo

तीव्र गतिमा सवारी चलाए अव सचेतना कक्षा अनिवार्य



काठमाडौं, २४ कात्तिक। अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले सचेतना कक्षा लिनुपर्ने जनाएको छ । नियमअनुसार जरिमानाका साथै अनिवार्य १ घण्टा सचेतना कक्षामा बस्नुपर्नेछ ।

महाशाखाले अहिलेसम्म मापसे गरेर सवारीसाधन चलाउने, लेन नियम उल्लंघन र रातो बत्ती क्रस गरेमा नियमानुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिने गरेको थियो ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढेसँगै रोकथामका लागि सचेतना कक्षा अनिवार्य गर्न लागेको हो । जरिमाना मात्र अनिवार्य गर्दा तीव्र गतिमा सवारीसाधन चलाउनेको संख्यामा कमी आउन सकेको छैन ।

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ‘-याडर गन’ अर्थात् सवारी साधनको गति नाप्ने यन्त्रमार्फत गति चेकजाँच गर्ने गरेको थियो । यसअघि, तीव्र गतिमा चलाएको पाइएमा पनि जरिमाना मात्र गरेर छाडिने गरिएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्